धरानका प्रमुख साम्पाङले गरे प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता
काठमाडौँ । धरानका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ ।
भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिएका छन् ।