महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य

काठमाण्डौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएका महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (Systematic Investment Plan) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एनआई सी एशिया क्यापिटल लि.द्धारा सञ्चालित खुलामुखी योजना –एनआई सी एशिया डाईनामिकडेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरुको एन. आई.सी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखाकार्यालयहरु मार्फत प्रदान गरिने छ । बैंकको देशभर १०३ वटा शाखाकार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *