शेखर र शशांकले गरे बैठक बहिष्कार

काठमाडौं । इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि उमेदवार चयनका लागि सोमबारदेखि बैठक बसेको नेपाली कांग्रेसमा संस्थापन र संस्थापनइतर सहमत नहुँदा बैठक दैनिक सरिरहेको छ । सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो २ बजे संसदीय बोर्डको र ४ बजे कार्यसम्पादन समितिको बैठक डाकेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । इलाम–२ को उमेदवारमा जिल्ला सभापति डम्बर खड्काको पक्षमा अडान लिएका सभापति देउवा, डा. शेखर कोइराला र शशांक कोइरालाले बैठक बहिष्कार गरेपछि रोकिएका हुन् ।

शेखरले इलामबाट भेषराज आचार्यले जित्ने रिपोर्ट आएको भन्दै अरुलाई दिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिँदै बैठकबाट बाहिरिएका थिए । लगत्तै शेखरको भनाइमा सहमति जनाउँदै शशांक पनि बैठकबाट बाहिरिएका थिए । त्यसको केही बेरमा सभापति देउवाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । कोइरालाद्वयले इलामको रिर्पोटिङ अनुसार जित्ने उमेदवार भेषराज भएको भन्दै उनलाई टिकट नदिए परिणामको जिम्मा लिन देउवालाई चुनौती दिएर बैठकबाट बाहिरिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *