आयरल्याण्ड वोल्भ्स एकदिवसीय सिरिजको पहिलो खेलमा २१ रनले विजयी
काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिज अन्र्तगतको पहिलो खेलमा २१ रनले विजयी भएको छ ।
आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए । यस अघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८.३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो । आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।
त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट तथा रिजन ढकालले एक विकेट लिएका थिए । यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।