लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका महरा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन्

आज शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *