प्रधानमन्त्रीका विषयमा छानबिन माग गर्दै लेखा समितिमा उजुरी

काठमाडौं । ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएको भन्दै छानबिनको मागसहित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी दिइएको छ । उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको समितिका एक सदस्यले जानकारी दिए । कुकुल्यान्ड बेलायती पत्रकार टमले बरजिसको लेखेको पुस्तक हो ।

उनको पुस्तकमा नेपालको टेलिकम व्यापारमा भएको भ्रष्टाचारको वृत्तान्त खोतलिएको सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि यस विषयमा बहस भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, व्यवसायी अजेय सुमार्गीलगायत व्यक्तिका विषय पुस्तकमा उल्लेख गरिएको समाचार प्रकाशित भएका छन् । यसैका आधारमा उजुरी परेको ती सदस्यले बताए । “सञ्चारमाध्यममा आएको समाचारको आधारमा उजुरी आएको मलाई जानकारी आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *