इलाम–२ पछि बझाङमा पनि माओवादीले एमालेलाइ सघाउने

काठमाडौँ । बझाङमा हुने उपचुनावमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ ।

अब माओवादीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेछन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा जनक बुढाले उम्मेदवारी फिर्ता लिन लागेका हुन् । ‘आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैँछ’ स्रोतले जानकारी दियो ।

आगामी वैशाख १५ मा बझाङ–१ (क) मा प्रदेश सभा सदस्य र इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । त्यसैले अहिले सबै दलहरु त्यसैमा लागिपरिरहेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *