राष्ट्रियसभा उपाध्यक्षमा पुडासैनी र घिमिरेले गराए मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

आज बसेको काँग्रेस संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको थियो । सोहि अनुसार नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकि हुन । साथै नेकपा एमालेकी विमला घिमिरेले पनि उम्मेदवारी दर्ता गराएकि छिन । सत्ता गठबन्धनबाट एमालेकी घिमिरेले उम्मेदवारी दर्ता गरेकी हुन। उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने बताएका थिए ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३, मनोनित २, लोसपा र जनमोर्चाका एक एक सांसद छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *