नेशनल लाइफका अभिकर्ता ३ महिनामै एमडीआरटी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडीआरटी २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले ३ महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् ।

एमडीआरटी २०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडीआरटी २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेवल र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए । एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *