नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, हङकङ ८ विकेटले पराजित

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल हङकङसँग विजय भएको छ । यो सँगै नेपालको लगातार तेस्रो जित हो ।

टस हारेर पहिला ब्याटिंग गरेको हङकङले १७.५ ओभरमा अल आउट हुँदै ११५ रन मात्र बनाउन सफल भएको थियो । सो लक्ष्य पक्ष्याएको नेपालले २ विकेट गुमाएर हङकङललाई ८ विकेटले पराजित गदैँ जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यो जितसँगै समूह चरणको एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो ।

नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेलले ३२ आसिफ शेखले ४० रनको योगदान दिए । यता रोहित पौड्लले २५ र सन्दिप जोराले १९ रनको अविजित खेले । बलिङ तर्फ अभिनाश बोहराले ३ विकेट लिएका थिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिएका थिए । यता करण केसीले १ विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *