फेसबुक मेसेन्जरबाट अब एचडी तस्वीर पठाउन सकिने
फेसबुक मेसेन्जरबाट तस्वीर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घट्ने हुँदा हामीलाई दिक्क लाग्छ। तर, अबदेखि यस्तो चिन्ता मान्नु नपर्ने भएको छ । किनकि मेसेन्जरबाटै अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका तस्वीर पठाउन सकिने भएको छ । फेसबुकले हालै मेसेन्जरका लागि बहुप्रतिक्षित अपडेट जारी गरेको हो । जसअनुसार अब मेसेन्जरमा एचडी तस्वीरहरु मात्र होइन १०० एमबी सम्मका फाइलहरु पनि सजिलैसँग पठाउन सकिनेछ। अर्थात् अब मेसेन्जरबाट १ सय मेगाबाइट सम्मका पीडीएफ, वर्ड, भिडियो तथा अन्य फाइलहरु पनि पठाउन सकिनेछ। योसँगै अब मेसेन्जरमा एचडी तस्वीर पठाउँदा एउटा इन्डिकेटर देखिन्छ, जसमा दायाँतर्फ एचडी ब्याजको संकेत हुन्छ । यद्यपि फेसबुकका अनुसार प्रयोगकर्तालाई कम गुणस्तरका एसडी तस्वीर पठाउने विकल्प भने कायमै हुनेछ, जसले कम डेटा खपत गर्दछ । त्यस्तै एचडी तस्वीर पठाउनका लागि कुनैपनि च्याटमा जाँदा यसको फरक विकल्प देखिनेछ। यसका लागि सबैभन्दा पहिले आफुले मेसेन्जर च्याटमा कसैलाई पठाउने तस्वीर छान्नुहोस् । अनि च्याट बक्सभन्दा मुनि रहेको एचडी बटनमा ट्याप गरेर सक्रिय बनाउनुहोस् । । त्यसपछि कभलम मा क्लिक गर्नुहोस् । त्यस्तै मेसेन्जरमा एकभन्दा धेरै एचडी तस्वीर एकसाथ पठाउनका लागि एक एल्बम बनाउनुपर्नेछ । त्यसबाट सजिलैसँग कुनै व्यक्ति वा ग्रुपमा एकसाथ धेरै तस्वीरहरु पठाउन सकिन्छ ।