राष्ट्रपतिद्वारा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत
काठमाडौँ । अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकि छिन् ।
राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका जानकारी दिएको हो ।
शाक्यलाई गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।