इलाममा रास्वपाको जमानत जफत भएपछि सिके राउतको सुझाव
काठमाडौं। जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको भन्दै विचार गर्न रास्वपाका नेताहरुलाई सुझाव दिएका छन् । सो उपनिर्वाचनमा जनमतका उम्मेद्वार प्रेमकुमार थाङ्सुहाङले जम्मा ११८ मत ल्याएका थिए । राउतले आफ्नो पार्टीका उम्मेद्वारले ल्याएको मत कम भएपनि अपेक्षा गरेभन्दा फरक नभएको स्विकारेका छन् ।
उनले लेखेका छन्-
इलाम-२ मा जनमत पार्टीले ११८ मत (०.१७% मत) पायो, भने रास्वपाले ७.३% मत (राम्रो हो, तर रास्वपाको पनि जमानत समेत नजोगिएको)। कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन। इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला – तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन – झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ, फेरि गठबन्धनकै सरकार बनिरहनेछन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई-महिनामा ढलिरहनेछन्, गठबन्धनको बैठकमा भागबंडाको विषयले मात्रै प्रवेश पाइराख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भइराख्नेछन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राऊ परिराख्नेछन्।
Kedar Sharma ले लेखेका छन् – यस निर्वाचनले सम्बद्ध सबैलाई हाल आफू उभिएको धरातल देखाइदिएको आशा गरौं।
हो, हाम्रो धरातल देखिएको छ। र जनताले पनि पुनर्विचार गर्नु जरूरी छ। मत नयाँलाई नदिने, अनि सारा आकाशपाताल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त?
Rastriya Swatantra Party – RSP
उनले उल्लेख गदै भनेका छन- रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो – मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो । बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु।