सुदूरपश्चिममा एमालेको अडानले प्रदेशसभा बैठक अनिश्चित

नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो । विश्वासको मतको विषयमा आज प्रदेशसभाका कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको थियो । तर आफू ढिला पुगे पनि बैठक बस्न नसकेको सभामुख भीमबहादुर भण्डारीले बताए ।

लगत्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारी, सभामुख भण्डारीलगायत दलका प्रमुखबिच पनि केहीबेर अघि बसेको थियो । तर विश्वासको मतमा एमालेको अडान कायमै रहेपछि बैठक नै अनिश्चित भएको हो । ‘यहाँ पनि हामी बसेका थियौँ । उता केन्द्रमा शीर्ष नेतृत्वहरूबिच पनि बैठक चलिरहेको छ भन्ने आएको छ । अन्योल नै छ । करिब करिब नबस्ने सम्भावना छ । तर निर्णय चाहिँ भइसेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *