सहकारी एकता हाम्रो मित्रता
सहकारि मिलनमा
हिड्नु हुन्न भौतारी
वल्लो पल्लो एउटै गाउँ
साथि दौतरी ।१
तिमलाई घाउ चोट लागे
मलाई दुख्नेछ
दर्बिलो र आटिंलो भै
शत्रु फुक्नेछ ।२
आड भरोसा मिलेमा
शत्रु झुक्नेछ
वल्झिएको व्यथा पनि
त्यसै लुक्नेछ ।३
साथि भाइ मिलिजुलि
एक हुनु पर्छ
छत्र छायाँ आघात भए
पछि रुनु पर्छ ।४
आजैवाट खोल्नु पर्छ
मनको भाव जति
रिषराघ कपटि खेल
लिनु हुन्न कत्ति ।५
मित्रताले अघि वढे
हिम्मत ठुलो हुन्छ
नदेखिने मनको घाउँले
आकास पाताल छुन्छ । ६
वैरभाव हुन्न अब
हसि माया लाउँ
दुखसुख रुखोपिठो
बनी वुत्ति खाउँ ।७
लिनु हुन्न कहिल्यै पनि
आघातको फल
मिहनेत र परिश्रममा
गरौ मलजल ।८
समाजको निग्रा खाए
शिर हाम्रो घट्छ
माया प्रेम दिन पाए
हिम्मत माथि चड्छ ।९
सधैभरी साहासि भै
वढाउँ चाहाना
मित्रभाव बढ्दै जावस
शुभकामना । १०
धैर्यताको जोस मिलोस्
मेरो भावना
स्वच्छ भावले अघि बढौ
शुभकामना । ११