स्वास्थ्य मन्त्रीमा यादव र राज्यमन्त्रीमा खानले लिए शपथ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । त्यस्तै, जसपाकै हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् ।

जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बनेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आजै राजीनामा बुझाएका थिए । उनीहरूले राजीनमा दिएपछि जसपा नेपालबाट विभाजित पार्टीका सांसद मन्त्री बनेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *