कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । हिजो नै बस्ने भनिए पनि बैठक आजका लागि सारिएको थियो । सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसको आज बस्ने संसदीय दलको बैठक यसै विषयमा केन्द्रित हुनेछ । सोमबार साँझ वा मंगलबार बिहानसम्म कुर्ने भन्ने निर्णय भएर बैठक सारिएको हो ।

समिति बनिहाल्यो भने फरक निर्णय गर्नुपर्छ । समिति बनेन भने सदनमा झन् सशक्त बन्न कठोर निर्णय गर्नुपर्छ, कांग्रेसका एक नेताले भने, त्यो भनेको नीति कार्यक्रम पेस गर्न नदिने हो । सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै आएको कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गर्ने चेतावनी दिँदै आएको छ । यसै विषयमा आजको बैठकले निर्णय गर्नेछ ।आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *