प्रचण्डले कांग्रेस नेतालाई बोलाए बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेतालाई बालुवाटार बोलाएका छन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएका हुन् । प्रधानमन्त्रीसँगको छलफलका आधारमा कांग्रेसले संसद् चल्न दिने अथवा नदिने विषयमा संसदीय दलबाट निर्णय गर्छ, कांग्रेस नेता रमेश लेखकले भने । कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दै छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि बैठक बस्नेछ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । उक्त माग पूरा नभएको भन्दै कांग्रेसले संदन अवरुद्ध गर्दै आएको छ । आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि पहलस्वरुप कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *