राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ। संघीय संसद्को संयुक्त सदनको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ ।