सलिकोको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । उनी सलिकोमा नायब प्रमुख कार्यकारी अधिकृत समेत हुन् । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको २३औं बैठकले नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मालाई कम्पनी सचिव नियुक्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका कम्पनी सचिव देवेन्द्र कोइरालाले कम्पनीबाट लागु गरिएको स्वेच्छिक अवकास योजना (भिआरएस) मा सहभागी भई अवकाश लिएपछि रिक्त रहेको कम्पनी सचिव पदमा नियुक्ति गरिएको हो । कोइराला लुम्बिनी जनरल इन्स्योरेन्समा धेरै वर्षदेखि कम्पनी सचिव थिए । सगरमाथा र लुम्बिनी मर्ज भएपछि कोइरालाले सगरमाथा लुम्बिनीमा पनि कम्पनी सचिवको जिम्मेवारी पाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *