एडिबीद्वारा भारतमा विद्युत आपूर्ति सुधार गर्न १४ करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत वितरण प्रणालीलाई बढावा दिन र विद्युत आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले विद्यमान २६ वटा विद्युत सवस्टेसनलाई अपग्रेड गर्दै करिब ७ सय ७० किलोमिटर जलवायु(लचिलो कन्डक्टर स्थापना गरेर सिक्किमको विद्युत वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने वाचा गरेको छ ।

परियोजनाअनुरूप नवीकरणीय ऊर्जा प्रणाली स्थापना गरेर र व्यावसायिक सीप सुधार गरेर कम्तीमा एक हजार एक सय महिलाको जीविकोपार्जन बढाउने एडीबीले जनाएको छ । परियोजनाले विशेषगरी जाडो महिनामा ग्रामीण स्वास्थ्य सेवा सुविधाको क्षमता बढाउन २४ वटा प्राथमिक स्वास्थ्य सेवा उपकेन्द्रमा सौर्य ऊर्जा प्रणाली र ऊर्जा कुशल विद्युतीय उपकरणहरू पनि तैनाथ गर्ने एडिबीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *