झुक्किनुभए जस्तो छ हामीे तपाईंका कार्यकर्ता होइनौँ ः थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्ता नभएको बताएका छन् ।आफूहरूलाई नअह्राउन चेतावनी दिए । एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नु भए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला । उहाँहरूको सम्बन्ध पनि त्यस्तै होला । तर, नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला ।
सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौँ । तपाईंले हामीलाई अह्राउने होइन । उनले ओलीले सदनमा मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप पनि लगाए । सत्तापक्षको प्रमुख दलको प्रमुख नेताले वातावरण बिगार्ने प्रयास गर्नुभयो । अप्रिय स्थिति होस् भन्ने खालको स्थिति सिर्जना गर्नुभयो । यो आफैँमा खेदजनक छ । उनले आजको संसद्मा सभामुखलाई कारबाही अघि नबढाउनुस् भन्न मात्रै आफूहरूको तयारी रहेको बताए । उनले प्रधानमन्त्रीलाई फोन गरेर सदनको समय सार्न प्रस्ताव गरेको बताए । सभामुखलाई जसरी पनि सदन चलाउन निर्देशित गरेको आरोप लगाए ।