छलफलमा प्रचण्ड-ओली र रवि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड, ओली र लामिछानेबीच अहिले सिंहदरबारमा छलफल भइरहेको हो । संसद् बसेको प्रतिनिधिसभा बैठकमा बिहीबार एमाले र कांग्रेसका संसादबचि धकेलाधकेल भएको थियो । त्यसपछि स्थगित भएको बैठक आज पनि बस्दैछ । कांग्रेसले पनि अहिले प्रतिपक्षी दलका नेताहरुसँग छलफल गरिरहेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नामसमेत जोडिएको सहकारीको रकम अपचलन प्रकरण अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले केही दिनयता लगातार संसद् बैठक अवरुद्ध गरिरहेको छ ।

यसबीच उसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्नसमेत दिइरहेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *