ओली र लामीछानेका कारण प्रचण्ड सरकार धरापमा
- आ.व. २०८१/८२ को बजेट त के नीतितथा कार्यक्रम संसदबाट पास हुन मुश्किल
- वर्तमान गठबन्धन कुनै पनि बेला भत्किन सक्ने
- अहिले देश र जनताको अवस्था हरि कंगाल बन्ने लक्ष्य तर्फ उन्मुख
- संसद बजेट अधिवेशनमा बजेट अघि राष्ट्रप्रमुखले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वैठकमा पढ्ने सरकारको नीति वक्तव्य यसपटक इतिहासमै हास्याँस्पद सावित भएको छ ।
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामीछाने सहकारी ठगिमा मुछिएपछि उनका सम्बन्धमा संसदीय समिती निर्माण गरी छानवीन गर्नुपर्छ भन्ने माग राख्दै संसद अवरोध गर्दै आएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राट्रपतिको संवोधनलाई भने अवरोध गरेन ।
तर लगतै धन्यवाद दिन डाकिएको वैठक कांग्रेसले चल्नै दिएन । जसका कारण राष्ट्रपति रामचन्द्र पौडे्लप्रति सरकारको नीति कार्यक्रम संसदमा पेश गरे वापत कृतज्ञता प्रकट गर्न धन्यवाद दिने प्रस्ताव प्रस्तुत नै हुन पाएन । विपक्षी प्रति कठोर व्यवहार गर्ने नेकपा (एमाले) र राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसलाई अशोभनीय भने पनि अन्तराष्ट्रिय क्षेत्रमा सरकार सकंटमा रहेको र उसले संसदलाई समेत सुचारु रुपले सञ्चालन गर्न नसक्ने अवस्था रहेको सन्देश गएको छ । भ्रष्टाचार र अनियमितताको दलदलमा चुर्लुम्म डुवेका एमाले, माओवादी र रास्वपाको गठबन्धनले यसलाई सरकारमाथि थप संकटको संकेतको रुपमा लिएका छन् । राष्टपतिप्रति कृतज्ञता ज्ञापन गर्ने एउटा धन्यवाद प्रस्ताव त संसदमा प्रस्तुत गर्न नसक्ने गठबन्धनले बजेट कसरी पारित गर्छ , संसदमा बिल लैजाने र कानुन निर्माण गर्ने काम कसरी गर्छ ? कि अब संसद् अन्त्य गरेर बजेट पनि अध्यादेश मार्फत नै ल्याउने हो कि ? अहिले नेपालको राजनितीक बजारमा यो सवाल गंभिर रुपले उठन थालेको छ । संसदमा कांग्रेसको अवरोधका कारण धन्यवाद प्रस्ताव नै दर्ता हुन नपाएपछि एमाले माओवादीको वर्तमान गठबन्धन संकटमा परेको छ । एमाले भ्रष्टाचार सम्बन्धि ठुलाठुला काण्डमाथि हुने छानवीन रोकाउन कै लागि मात्र सरकारमा सामेल भएको आरोप बारम्बार लाग्दै आएको छ । अध्यक्ष ओलीको छानवीन गर जेल जाउँ भन्ने अभिव्यक्तिले त्यस हल्लालाई वास्तविकतामा रुपान्तरित गरेको छ । एमाले सरकारमा जाँदा पनि महत्वपुर्ण मानिएका सबै मन्त्रालय छाडेर जानुले धेरैको मनमा शुरुदेखि नै आशंका थिए ।
पछिल्लो पटक ओलीले दिएको अभिव्यक्तिले त्यो आशंकालाई पुष्टि गरिदिएको छ । गठबन्धनको एउटा महत्वपूर्ण घटक जनता समाजवादी पाटी नेपाललाई विभाजन गर्न एमाले र माओवादी नेताहरु , प्रधानमन्त्री र एमाले अध्यक्ष नै लागेपछि गठबन्धनका अन्य दल पनि सशंकित बन्न थालेका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार टिकाउन जे पनि गरिन्छ भनेर सार्वजनिक रुपमै अभिव्यक्ति दिएपछि रास्वपा जस्ता विवादको भुमरीमा परेका दल थप आशंकित बन्न पु्गेका छन् । एमाले र माओवादीले अहिले आफ्नो स्वार्थका लागि जसपा नेपाललाई विभाजन गराए, अब अन्य दलतिर पनि तिनको नजर जान सक्छ । यसरी त अविश्वास, आशंका र शंसयवीच नै सरकारमा बसेर काम गर्नुपर्छ । यस अघि नै नागरिक उन्मुक्ति पार्टीमा पनि माओवादी र एमाले लागेर ठुलो विवाद उत्पन्न गराएका थिए । राष्ट्रिय पार्टीको मान्यता नपाएको सो दल विभाजन नै नभएपनि एक पनि भएको छैन । यो अबस्था अन्य साना पार्टीले पनि वेहोर्नुपर्छ भन्ने ठानेर नै जनमत पार्टी शुरुदेखिनै सरकारबाट अलग बसेको थियो । अहिले जसपा, लोसपा, जनमत पार्टी, राप्रपा समेत प्रतिपक्ष कित्तामा पुगेका छन् । त्यसले पतिपक्षको शक्ति निकै सशक्त बन्दै गएको छ ।
हुन त प्रधानमन्त्री दाहाल कांग्रेसको मागलाई संवोधन गरेर जानुपर्छ भन्ने पक्षमा रहेको बताइन्छ । कांग्रेसले उठाएको प्रश्नको हुबहु पुरा गर्न नसकेपनि मध्यमार्गी बाटो अपनाएर निकास निकाल्नुपर्छ भन्ने पक्षमा प्रम दाहाल रहेको पाइन्छ । तर सरकारको सबभन्दा ठुलो दल एमाले र माओवादी पछिको ठुलो शक्ति रास्वपा त्यसो गर्ने पक्षमा नभएपछि प्रम दाहालले केही गर्न सक्ने स्थिति रहेन । बारम्बार पार्टनर लाई धोका दिने छवि बनाएकाले प्रम दाहालले कांग्रेससँग नयाँ गठबन्धन गरेर जान पनि सम्भब देखिएको छैन । त्यसैको लाभ ओली र रवि लामीछानेले उठाइरहेका छन । एमाले र लामीछाने कै कारण यो सरकार भ्रष्टाचारीको अखडा भएको देखिदैछ । भ्रष्टहरुको सरकारको छवि बनेपछि जनताले पनि विश्वास गर्ने सम्भावना समाप्त भएको छ । यस्तो अप्ठेरो अवस्थामा बजेट ल्याउनु अघि नै नीति कार्यक्रममाथि छलफल चलाई अनुमोदन गर्नुपर्ने वाध्यतामा सरकार छ । तर संसदको अधिवेशन भने चल्न सकेको छैन ।
संसद सञ्चालन गर्न सभामुख देवराज घिमिरेको प्रयन्त पनि उनकै पार्टी नेकपा एमालेका कारण सफल हुन सकेको छैन । नीति कार्यक्रममा सबैलाई समेट्ने , मुलुकको आर्थिक संकट दुर गरी सहज अवस्थाको सिर्जना गर्ने कुरामा पनि सत्तारुढ गठबन्धनवीच मैतक्य हुन नसकेको बताइन्छ । गृहमन्त्री लामीछानेले पत्रकारहरुवीच आफ्नो दलका मन्त्री रहेका मन्त्रालयमा मात्र नयाँ कार्यक्रम आएको भनेर दिएको अभिव्यक्तिले पनि सरकार र सत्तारुढ गठबन्धनवीच नै गंभिर अविश्वास रहेको प्रष्ट हुन्छ । प्रम दाहालको सहमति गरेर जानुपर्छ भन्ने नीतिले आफ्नो मकसद पुरा नहुनेमा एमाले र रास्वपा पुगेपछि यो गठबन्धनको आयुको पनि दिनगन्ती शुरु भएको छ ।
आजसम्म गठबन्धनका दलहरुको बाध्यताले चलेको गठबन्धन कुनै पनि बेला टुटन सक्ने सम्भावना बढेर गएको छ । बजेट ल्याउनु अघि नै गठबन्धन नटुटेपनि यसको आयु धेरै लामो पनि छैन भन्ने धारणा राजनीतिक क्षेत्रमा झन वलियो बन्दै जाँदै छ । एमालेको भ्रष्ट छविले नै देश आज यो दुर्गतिमा पुगेको हो । आफु भ्रष्टाचार गर्ने प्रचार संयन्त्रको दुरुपयोग गरी चोखो बन्ने र विपक्षी माथि भने भ्रष्टाचारको आरोप लगाउँदै आएको थियो । पछिल्लो अवस्थामा भने उसको षडयन्त्रको घैलो फुटेको छ । अब यो गठबन्धन टिकाउने शर्तमा मात्र केही दिन एमाले, खड्ग ओली र रवि लामीछानेहरु बच्न सक्छन । यो गठबन्धन पनि धेरै दिन टिक्न सक्दैन ।