कनेक्ट आइपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा अफर सार्वजनिक
काठमाडौं । लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा कनेक्ट आइपीएसले अफर सार्वजनिक गरेको छ । कनेक्ट आइसीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी कनेक्ट आइसीएस बाट भुक्तानी गर्दा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (४०,००० रुपैयाँसम्म) अफर सार्वजनिक गरेको छ । यस आकर्षक अफर अन्तर्गत कनेक्ट आइपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १,००० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (४०,०००रुपैयाँ सम्म) फिर्ता पाउन सक्नेछन् । लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछी एनस्एिचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ ।
कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ । कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्टआइपीएस को वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपाल पेक्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।