गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय
काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिएका छन् । बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उनले आजको संसदको बैठकमा बोल्न दिने बताए । गृहमन्त्रीले जवाफ दिइसके पछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने र नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए।