संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं ः थापा

काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक पनि चलन नदिने बताएको छ । आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए ।
गृहमन्त्री लामिछाने संसद्‌मा निरिह रूपमा प्रस्तुत
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसद्‌मा निरिह रूपमा प्रस्तुत भएको बताएका छन् । आइतबार संसद् भवन परिसरमा पत्रकार सम्मेलन गर्दैै थापाले यस्तो धारणा राखेका हुन् । ‘सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा उपप्रधान तथा गृहमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका लामिछानेले संसदीय समिति बनाउनु नहुने भनेर निरिहता प्रदर्शन गर्नुभयो । महामन्त्री थापाले आज गृहमन्त्रीको प्रस्तुतिले उनी टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री भनेर अन्योल भएको बताए । थापाले भने, ‘टेलिभिजन प्रस्तोता हुँदा उहाँले प्रश्न सोध्नुहुन्थ्यो । विषयहरू उठाउनु हुन्थ्यो । आज त्यही गर्नुभयो । गृहमन्त्रीको काम यो होइन । महामन्त्री थापाले अगाडि भने, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *