एप्पलले ल्याउँदैछ पातलो आइफोन

एप्पलले आगामी वर्ष सन् २०२५ मा पातलो आकारको आइफोन ल्याउने योजना बनाएको छ । समाचार अनुसार कम्पनीले आइफोनको पातलो संस्करणको विकास गरिरहेको छ जुन सन् २०२५ मा बजारमा आउन सक्दछ । रोयटर्सका अनुसार एप्पलको पातलो आइफोनको मूल्यचाहिं आइफोन प्रो म्याक्सभन्दा पनि बढी हुनेछ । सन् २०२५ को सेप्टेम्बरमा आइफोन १७ सिरिजसँगै एप्पलले पातलो आइफोन ल्याउने अपेक्षा गरिएको छ । कोड नाम डी २३ बाट एप्पलले आइफोनका विभिन्न डिजाइनहरुको परीक्षण गरिरहेको छ ।

त्यसमा कम्पनीको सबैभन्दा पछिल्लो पुस्ताको प्रोसेसर ए १९ रहनेछ । यद्यपि यस विषयमा एप्पलले कुनै पनि प्रतिक्रिया नजनाएको रोयटर्सको भनाइ छ । पछिल्लो समयमा चीनमा हुवावे र अनर तथा विश्वव्यापी रुपमा सामसुङसँग तीव्र प्रतिस्पर्धा गर्नु परिरहेको आइफोनमा महत्वपूर्ण परिवर्तन गर्नुपर्ने महसुस एप्पलले गरेको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा विश्व स्मार्टफोन बजारमा सर्वाधिक हिस्सा सामसुंगले ओगटेको छ । दक्षिण कोरियाली कम्पनीले २०.८ प्रतिशत बजार हिस्सा कब्जा गर्दा दोस्रो स्थानको एप्पलको १७.३ प्रतिशत छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *