कांग्रेस उपसभापति गुरुङले गृहमन्त्री लामिछानेलाई कार्बाहीको माग गर्दै सभामुखलाई पठाए पत्र

काठमाडौँ । कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् । उपसभापति गुरूङले आइतबार प्रतिनिधिसभाको रोस्ट्रमबाट तथ्यहीन र आधारहीन आरोप लगाएर कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको उल्लेख गरेका छन् । हिजो मिति २०८१ साल जेष्ठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधिसभाको रोष्टमबाट तथ्यहिन, आधारहिन कुरा गरि नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरु माथी मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथी धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरि अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाई पाईसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथी राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छुु गुरुङको पत्रमा छ ।

गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको गुरुङले उल्लेख गरेका छन् । लामिछानेलाई बोलेको कुराहरु पुष्टि गर्न चुनौती दिँदै उपसभापति गुरुङले पुष्टि नभए उनीमाथी कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सो तर्फ समेत विचार गरि निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रुपले माग गर्दछु । साथै कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छुु गुरुङको पत्रमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *