पिरो चिप्स खाने प्रतियोगितामा एक किशोरको मृत्यु

सोसल मिडिया च्यालेन्जमा भाग लिंदै धेरै पिरो हालेको चिप्स खायो । धेरै खुर्सानी मिसाइएको अत्यधिक पिरो उक्त चिप्स खाएकै कारण १४ वर्षका एक किशोर मृत्यु भयो । आखिर कोही मानिसको खुर्सानी सेवनकै कारण ज्यान जानसक्छ ? चिप्स खाएर मरेको सो किशोरको पोष्टमार्टमले उक्त किशोर जन्मजात हृदयरोगबाट ग्रसित रहेको र अत्यधिक खुर्सानी मिसाएको चिप्स खाँदा समस्या बल्झिएर उसको मृत्यु भएको प्रमाणित भयो । पिरो चिप्स खाँदा मृत्यु भएका किशोरको नाम हेरिस भोलोबा हो । अमेरिकाको मासचुसेट्समा १० कक्षामा पढ्ने विद्यार्थी हेरिसको गतवर्ष सेप्टेम्बर १ का दिन मृत्यु भएको थियो । उनले एबत्रगष् ब्राण्डको चिप्स खाएका थिए ।

चिप्स उत्पादक कम्पनीले नै वन चिप च्यालेन्ज सुरु गरेको थियो, जसमा हेरिसले भाग लिएको थियो । टेक्सासस्थित उक्त कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ हामी हेरिस भोलोबाको मृत्युका कारण निकै दुःखी भएका थियौं र हुनेछौं । उनका परिवार र मित्रजनप्रति समवेदना प्रकट गर्दछौं । उच्च क्याप्साइसिस (खुर्सानीको पिरो) भएको खानेकुराको सेवनका कारण हेरिसको हृदयाघात भएर मृत्यु भएको पोस्टमार्टमले देखाएको छ। क्याप्साइसिस नामक रासायनिक पदार्थले खुर्सानीलाई पिरो बनाउँदछ । बढी पिरो खानेकुरा खानाले शरीरको रक्तप्रवाह प्रभावित हुन्छ र मुटुको धड्कन तीव्र बन्छ। डाक्टरहरुका अनुसार खुर्सानीको अत्यधिक मात्राको सेवनले मृटुमा दबाब बढाउन सक्दछ जसबाट धमनीमा अतिक्ति दबाब पर्दछ । त्यसैले मुटु तथा धमनी सम्बन्धी स्वास्थ्य समस्या भएकाहरुले बढी पिरो खानेकुरा नखानु राम्रो हुने डाक्टरहरुको सल्लाह छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *