मार्शल लगाएर विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षमा रहेका सबै राजनीतिक दलको विरोधका बीच संसद्मा कडा सुरक्षा व्यवस्थासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको छ । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै छानबिन समिति गठनको माग गर्दै आएको छ ।
विरोधमा उत्रिएको कांग्रेसलाई मार्शल लगाएर घेराबन्दीमा राख्दै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको छ । प्रधानमन्त्री दाहालले कांग्रेसको यो कदमको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । आज बहुत गलत गर्नुभयो ।यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।