मौद्रिक नीतिको समीक्षाबाट हाम्रो मूख्य माग सम्बोधन भएन ः अध्यक्ष लोहनी

काठमाण्डौं । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले रियलस्टेट क्षेत्रलाई खास नछोएको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेपछि बिजपाटीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष लोहनीले लोन टू भ्यालू रेसियोका सम्बन्धमा आफूहरुले राखेका माग राष्ट्र बैंकले सम्बोधन नगरेको बताएका हुन् ।

उनले भने, हाम्रो मुख्य माग भनेको लोन टू भ्यालू रेसियो ७० प्रतिशत हुनुपर्छ भन्ने हो । तर, उक्त विषयलाई राष्ट्र बैंकले सम्बोधन गरेन । रियल स्टेट व्यवसायीहरुले बिगतदेखि नै लोन टू भ्यालू रेसियो बढाउनु पर्ने माग राख्दै आएका थिए । अध्यक्ष लोहनिले रियलस्टेट कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुलाई केही सकारात्मक मान्न सकिने बताएका छन् । यसले घरजग्गा व्यवसायमा केहि सहज हुने उनले अपेक्षा गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *