कृषि विकास बैंक र नेपाल टेलिकमबीच व्यवसायिक सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना मास्केले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *