नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।

आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *