सुप्रिम,स्वर्णलक्ष्मी सहकारीको छानबिन गरे गृहमन्त्रीको संलग्नता पुष्टि हुन्छ ः लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल सकारात्मक रहेको बताएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्रीसँगको छलफलपछि बालुवाटारबाट बाहिरिने क्रममा लेखकले गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारीहरूको छानबिन गरे उनको संलग्नता पुष्टि हुने बताए र उनले सुप्रिम, स्वर्णलक्ष्मीलगायतका सहकारीबाट कुन कम्पनीमा पैसा गएको छ भन्नेबारे छानबिन हुनुपर्ने बताए । व्यक्तिको वा सहकारीको नाम राख्नेभन्दा मूलभूत कुरा सहकारीमा लाखौँको अर्बौं बचत अपचलन भएको छ, रकम दुरुपयोग र ठगी भएको छ । ती रकम कतिपय प्राइभेट कम्पनीमा गएको छ, स्वर्णिम, स्वर्णलक्ष्मीजस्ता सहकारीबट गोर्खा मिडिया नेटर्वकमा पैसा गएको छ । कुन कुन सहकारीबाट कहाँ कहाँ गएको छ छानबिन गर्नुपर्छ ।

लामिछानेको नाम अनिवार्य भएको हो भन्ने प्रश्नमा उनले भने, अपचलन भएको पैसा कुन सहकारीबाट कहाँ गयो ? त्यसमा गृहमन्त्रीको संलग्नता देखिएको कुरा सम्बोधन हुनुपर्छ । कुन भाषा, शैलीमा गर्ने भन्ने भाषा शैली मिलाउनुपर्छ । उनले समिति कस्तो बनाउने भन्ने विषयमा कार्यादेश (टीओआर) बनाउने काम भइरहेको पनि बताए । प्रधानमन्त्रीसँगको छलफलमा आफूहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे पनि ध्यानाकर्षण गराएको बताए । आफूहरूले गृहमन्त्री लामिछानेले संसद्‌ बैठक गरेको सम्बोधनबारे पनि ध्यानाकर्षण गराएको उनको भनाइ छ । केही दिन पहिला संसद्‌मै उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो, जसरी सदनभित्रै रहेका माननीयलाई लञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *