युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्याएका छन् । उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए । सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भने, आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ । रुसको आक्रामकता विरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ ।

यो २७ करोड ५० लाख मिलियन अमेरिकी डलरको प्याकेज युक्रेनलाई खार्किभ नजिकै रुसको आक्रमणलाई रोक्न मद्दत गर्ने हाम्रो प्रयासको एक हिस्सा हो । यसमा हिमार्सका लागि गोला बारुद एक सय ५५ एमएम र एक सय ५ एमएम आर्टिलरी राउन्ड, ट्यूब–लन्च, अप्टिकली–ट्र्याक्ड, वायर–गाइडेड मिसाइल, ज्याभलिन र एटी–४ एन्टी–आर्मर प्रणाली, सटीक हवाई हतियार, साना हतियार, गोला बारुद, एन्टी–आर्मर माइन, सामरिक सवारी साधन, शरीर कवच, रासायनिक, आणविक सुरक्षा उपकरण, स्पेयर पार्ट्स, मर्मतसम्भार र अन्य तत्काल आवश्यक उपकरण समावेश छन् । ब्लिन्केनले भने, राष्ट्रपति बाइडेनले स्पष्ट गरिसक्नुभएको छ, संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धन युक्रेनको स्वतन्त्रताको रक्षामा युक्रेनको साथमा रहनेछ । सन् २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो । रसियासँग चलिरहेको युद्धबीच कियभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा एन्टनी ब्लिन्केनले युक्रेनको आकस्मिक भ्रमणमा पुग्नुभएको थियो । फेब्रअरी २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएपछि उहाँले चौथो पटक यो अघोषित भ्रमण गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *