मुग्लिन सडक खण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको खबर आएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

सडक डिभिजन कार्यालय चितवनको अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । सडक डिभिजनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।

पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने । अहिले सडक भने सञ्चालनमा आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *