पौडेल विशेष अदालतबाट दोस्रो पटक भ्रष्टाचारी ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई विशेष अदालतले दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

उनीमाथि झुटा विवरण पेश गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ । अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र(पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसअघि गत मंगलबार मात्रै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा भएको भ्रष्टाचारमा दोषी ठहर गर्दै पौडेललाई दुई वर्ष कैद गरी उनीबाट २५ करोड ४७ लाख विगो र त्यति नै असुल्ने फैसला गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *