सडकलाई साँघुरो पार्न काठमाडौँ महानगरविरुद्ध सडकमा नाराबाजी 

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्न गरेको निर्णयविरुद्ध न्युरोडका स्थानीयवासीले असन्तुष्टि जनाउँदै सडकमा नाराबाजी गरेका छन् । महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

‘काठमाडौँ महानगरपालिकाले सडक विभागको निर्देशन विपरीत काम गरेको भन्दै सडक विभागले समेत मेयर बालेनको कायैशैलीप्रति असन्तुष्टि जनाएको छ । महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफत गरेको थियो । विभागले बालेन शाहको डोजर खोसेपछि उनले सडक विभाग अगाडी एक ट्रक थुलो लगेर थुपारि दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *