आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज

काठमाडौं । सरकारले आलु, प्याज, स्याउलगायत तरकारी तथा फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गर्ने घोषणा गरेको छ । मंंगलबार आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, मदिरा, वियर र सूर्तीमा लगाइएको अन्तशुल्क दरमा वृद्धि गरिएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *