निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य आईपीओ निष्कासन गर्ने व्यवस्था गरिने
काठमाडौं । सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा आईपीओ निष्कासनको व्यवस्था गर्ने भएको छ । आगामी वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको हो । निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिनेछ, आगामी वर्ष २०८१।०८२ को बजेट वक्तव्यमा भनिएको छ ।
पुँजी बजारका लागनीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिने पनि उल्लेख छ । वस्तु विनिमय बजारको सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि उल्लेख छ ।