सार्वजनिक संस्थानको सम्पत्ति मौद्रीकरण गर्ने सरकारी कार्यक्रम ?

काठमाडौं । सरकारले सार्वजनिक संस्थानको सम्पत्ति मौद्रीकरण गर्ने घोषणा गरेको छ । त्यसमा सार्वजनिक संस्थानको जग्गा र चार किल्ला यकिन गरी सम्पत्ति संरक्षण गर्ने कार्यक्रम समेत सरकारले समेटेको छ । मौद्रीकरणलाई स्पष्ट पार्न अर्थमन्त्री वर्षमान पुनले अरू विषय समेटेका छैनन् । सार्वजनिक संस्थानको सम्पत्तिलाई मौद्रीकरण गरिनेछ,” संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले भने । उनले सार्वजनिक संस्थानको सम्पत्ति बिक्री गर्ने, लिजमा लगाउने वा लिलाम गर्ने कुनै विकल्प सार्वजनिक गरेका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *