बजेट हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुन्छ ः ढकाल

काठमाडौं । बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममानेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो, बजेटले सम्बोधन गर्‍यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ, यो स्वागतयोग्य छ । सरकारले कार्यान्वयन गर्नुपर्छ ।

लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो । बजेटको कार्यान्वयन चुनौतीपूर्ण हुने र यसतर्फ सबैले ध्यान दिनुपर्ने उनले उल्लेख गरे । बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताए । बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझावानुसार नै प्राथमिकतामा परेको अध्यक्ष ढकालले सुनाए । पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई नयाँमा नसमेटिनु दुःखद पक्ष भएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *