कुमारी बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । कुमारी बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड(२०२४’ बाट सम्मानित भएको छ । इन्फोसिसका अनुसार अर्वाडका लागि १० विधामा २०० मनोनयन परेका थिए । जसमध्ये कुमारी बैंक कोर बैंकिङ ट्रान्सफर्मेसन विधा तर्फ उत्कृष्ट हुँदै उक्त अवार्ड पाएको बैंकले जनाएको छ ।

इन्फोसिसको फिनाकल कोर बैंकिङ सफ्टवेयरले बैंकिङ क्षेत्रमा सरलता, उत्कृष्टता र विश्वसनीयता कायम गर्न सफल रहेको छ । कुमारी बैंकले प्राप्त गरेको यो उपलब्धिले भविष्यमा नवीन प्रविधिमार्फत बैंकिङ क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *