पृथ्वीराजमार्गअन्तर्गत पहिरो- दमौली–डुम्रे सडक अवरुद्ध
काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला छेउमा पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको खबर आएको छ ।
मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको भन्ने खबर आएको छ ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको भन्ने खबर प्राप्त भएको छ । पछिल्लो समय झरीपदैँ गएकाले बिभिन्न सडक अवरुद्ध भइरहेको भन्ने खबर आइरहेको छ ।