स्वाथ्य मन्त्रालयले मातहतका विभागमा कर्मचारी हेरफेर
काठमाडौं । स्वास्थ्यका केही अस्पताल र विभागमा प्रमुखको जिम्मेवारी फेरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बुधबार प्रमुखको जिम्मेवारीमा हेरफेर गरेको हो । मन्त्रालयको निर्णय अनुसार आयुर्वेद विभागको निर्देशकको जिम्मेवारी डा .प्रदीप केसीलाई दिएको छ । उनी यस अघि सिंहदरवार आयुर्वेद औषधालयको प्रमुख थिए ।
यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी यदुचन्द्र घिमिरेलाई दिएको छ भने, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिएको छ । यो भन्दा पहिले भरतपुर अस्पतालमा डा श्रीराम तिवारी प्रमुख थिए।