कुमारी बैंक र यूएसएआईडीबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय (एमएसएमईएस) वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएआईडीसँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत यूएसएआईडी ट्रेड एन्ड कम्पेरिटेटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईएसमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ एमएसएमईएसलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तीय सहयोग गर्नेछ ।
कुमारी बैंकले देशभर ३०२ शाखा कार्यालय, ३१४ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *