नव नियुक्त मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद विस्तार
काठमाडौँ । नव नियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
आज (शुक्रबार) मुख्यमन्त्रीमा नियुक्त भएर शपथ लिए लगत्तै उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् । नव नियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । त्यस्तै, राजकुमार लेखी खेलकुद तथा समाज कल्याण, सत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या, प्रमोद जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री बनेका छन् भने युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटनमन्त्री बनेका छन् । त्यस्तै नेकपा एसबाट कृषि मन्त्रीमा गोविन्द न्यौपाने बनेका छन् ।
यता बेची लुङेली खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र बिमला अन्सारीले गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उर्मिला सिंह दोनवारलाई श्रम तथा यातायातमन्त्री बनाइएको छ । साथै तीन जना राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।