बालेनलाई लक्षित गदै ओलीको जवाफ- ’भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग पर्यो’

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन भनेपछि यतिबेला ओलीले पनि बालेनलाई लक्षित गर्दै जवाफ फर्काएका छन ।

आज चितवन भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई ’भैंसीको ढाडमा झिँगाले लात्ती हानेँ भनेर दंग परेजस्तै’ भन्ने टिप्पणी गरेका हुन् । उनले बालेनलाई लक्षित गर्दै भने, ‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दंग परेको हुन्छ, चार लात हानेँ भनेर । म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ। म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ। असभ्य राजनीतिमा होइन भन्ने पक्षमा छु ।’

सञ्चारकर्मीहरूले गरेको प्रश्नमा आफूले कसैसँग अनावश्यक ढंगको विवादमा पर्न नचाहेको बताएका हुन । ढाडमा बसेको भिँगाले ढङ्ग परेर चार लात्त हाने भन्ने सोचेपनि भैँसीलाई केही फरक नपर्ने उनको भनाइ छ । यता केही दिन अघि मात्र ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् । संसद् भवन बाहिर गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले मेयर साहलाई सोध्न आग्रह गरेका थिए ।

यता मेयर बालेन शाहले यसै साता बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका थिए ‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ “ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’ उनले लेखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *