शुक्रबार पनि सुनको मुल्यमा नयाँ किर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।
शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ । यो मुल्य नेपाली बजारमा आज भन्दा अगाडि थिएन आज सुनले फेरी नयाँ किर्तिमान कायम राखेको हो ।
यस अघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।